असार १४, काठमाडौं । नेपाल प्रहरीका डीआईजी सहकुलबहादुर थापा एआईजी बढुवाको लागि सिफारिस भएका छन्। गृह मन्त्रालयले प्रहरी डीआईजी थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० मा बढुवा गर्न सिफारिस गरेको हो।

केही दिन अघि एक जना एआईजीको दरबन्दी थप्ने सरकारले निर्णय गरेको थियो। तर, यो निर्णय सरकारले सार्वजनिक नै नगरेर एकाएक बढुवा सिफारिस गरेको जानकारी प्रहरी प्रधान कार्यालयले दिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत थापाको केही दिन अघि मात्रै प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालय, नक्साल काठमाडौंमा सरुवा गरिएको थियो।
