असार १४, काठमाडौं ।स्वास्थ्य तथा जनसंख्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ६४० जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ६४८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १५ सय ९ जना र ४ हजार ९९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज सम्मको कुल संक्रमितको संख्या ६ लाख ६८ हजार २२१ पुगेको छ । कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८५३ जना निको भएर घर फर्किएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ भने आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ९ सय ५० जना रहेका छन ।आज ४२ जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ ।