• २०८३ बैशाख १० गते बिहिवार

हामि हाम्रा स्थानिय सम्पत्तिको संरक्षण मात्र होइन सदुपयोग पनि गर्दैछौ

मेनुका कार्की पढ्न लाग्ने समय : २ मिनेट

असार १४, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ६ ओखल गाउँ स्थित सार्वजनिक खालि जग्गामा वाग्मती प्रदेश मूख्य सचेतक दीपक निरौला संयोकत्वमा फलफुलका बिरुवा रोप्ने कार्य सुरु गरिएको छ । कृषि शाखा मार्फत प्राबिधिक बिज्ञहरुको सुझाव सल्लाह अनुसार खाली जग्गामा फलफुलका बिरुवा लगाउने कार्य गरिएको हो ।

कृषि प्रविधिकहरुको सुझाव अनुसार नास्पाति, दाते ओखर, टिम्मुर र एभोगार्ड फलफुलको बिरुवा हुने बताए अनुसार फलफुलका बिरुवा रोपिएको हो । यस कार्यमा स्थानिय राजिब भण्डारीको अध्यक्षतामा एउटा उपभोक्ता समिती निर्माण गरि नगरपालिकाको प्राबिधिक इष्टिमेट अनुसार यो कार्यलाई कार्यान्वन गरिएको बुढानीलकण्ठ नगरपालीका वडा नं ६ को वडा अध्यक्ष नवीन के सीले बताउनु भयो ।

बुढानीलकण्ठ नगरपालीका वडा नं ६ को वडा अध्यक्ष नवीन के सीका अनुसार यस्ता खाले विकासलाई निरन्तर प्रकृयामा सकारात्मकताका साथ अगाडि बढाउनु पर्छ । अब यो सम्पत्ति हामि स्थानिय सबैको श्रोत हो यसको उचित ब्यवस्थापन हामि सबै मिलेर सम्रक्षण र सम्बर्द्धन गर्नुपर्छ । यसको सन्चालनमा हामि एउटा बिधि प्रक्रिया र नियम बनाएर भाबि पुस्तालाई उदाहरणीय रुपमा हस्तान्तरण गर्नु पर्छ।

बुढानिलकण्ठ नगरपालिकाको मेयर उद्दब प्र खरेल, वाग्मती प्रदेश मूख्य सचेतक दीपक निरौला र नगरपालिकाको कृषि शाखा, योजना शाखा र वडाका स्थानीय जनप्रतिनिधिहरु सहभागितामा उक्त कार्य शुरु गरिएको बताइएको छ । बुढानिलकण्ठ नगरपालिका पर्यटकीय पूर्वाधारको विकास र निर्माणको क्रममा प्राकृतिक स्रोत र साधनको उपयोग गर्दा वातावरण संरक्षण गर्दै त्यस्ता स्रोत र साधनको दिगो रूपमा उपयोग कार्यमा निरन्तर लागि रहने वाग्मती प्रदेश मूख्य सचेतक निरौलाले बताएका छन्|

Sharing

प्रतिक्रिया दिनुहोस