पुस १२,बाँके । नेपालगन्जस्थित जमुनाहा नाका बाट एक जना लागु औषध सहित पक्राऊ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको लम्किचुवा नगरपालिका वडा नंवर ४ बस्ने २४ वर्षिय कर्ण बोगटीलाई ३६ फाइल लागु औषध सहित पक्राऊ गरेको ईलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टले जानकारी दिएका छन ।
उनका अनुसार,सोमबार बिहान १०ः४० बजे नेपाल भारत सीमा जमुनाहा नाकाबाट पक्राऊ गरेको हो ।
बोगटीको साथ बाट १४ फाइल २१५ ट्याबलेट फेनिरामाइन एभिल, २१ फाइल९२१० ट्याबलेट ट्रामाडोल, १ फाइल् १० ट्याबलेट नाइट्राभेट लागूऔषध बारामद गरेको हो ।
पक्राउ परेका बोगटी माथि थप अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक बिष्टले बताएका छन ।