• २०८३ बैशाख २० गते आइतवार

पहाडी भेगका केही स्थानमा हल्का वर्षा‚ उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १०, काठमाडौं ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

बुधबार बिहान पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा  रहेको छ। दिउँसो  पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका  थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

राति पनि पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस