• २०८३ बैशाख २८ गते सोमवार

आठ दिनदेखि बेपत्ता एमाले नेता रावत मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, अछाम । अछामको बान्निगढी जयगढ गाउँपालिका- ६ दर्नाका समाजसेवी तथा नेकपा एमालेका नेता धनबहादुर रावत मृत भेटिएका छन् । ४ असोजदेखि बेपत्ता रहेका रावत दर्नाको रवा लेक भन्ने स्थानमा शव फेला परेको हो ।

४ असोजमा जिल्लाको रामारोशन गाउँपालिका- ७ सुतारको अनन्ते मेला हेर्न गएका रावत सोही दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा रावतको शव सोमबार बिहान कालारवा लेकको जंगलमा भेटिएको हो । रावतको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए । मोबाइल लोकेसनका आधारमा खोजी गर्दै जाँदा उनको शव भेटिएको प्रहरीले बताएको छ । रावत स्थानीय तहको निर्वाचनमा बान्नीगढी जयगढ गाउँपालिका- ६ दर्नाको वडा अध्यक्षका उम्मेदवार बनेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस