• २०८२ असार ४ गते बुधवार

प्रतिनिधिसभा बैठक असोज १४ गते सम्मलाई स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, काठमाडौँ । प्रतिनिधि सभाको अर्को बैठक असोज १४ गते सम्मका लागि स्थगित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो ।

भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको छ । विरोधमा उभिएका एमालेका सांसदहरुलाई सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल हुन नसक्ने कुरा प्रतिनिधिसभा नियमावलीमा व्यवस्था रहेको स्मरण गराउदै आएपनि एमाले सांसदले भने विरोध गर्न छाडेका छैनन् ।

प्रतिक्रिया दिनुहोस