• २०८३ बैशाख ८ गते मङ्गलवार

बुद्धचित्तको दाना सहित १ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, ललितपुर । प्रहरीले बुद्धचित्तको दाना सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले ललितपुर महानगरपालिका-२ सानेपा कालोपुलबाट ९ केजी बुद्धचित्तको दाना सहित काठमाडौं स्वयम्भू बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका-९ ठेगाना भएका २९ वर्षीय रोज बहादुर तामाङलाई सहित बुधबार राति पक्राउ गरेको हो ।

ललितपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.२ ज ३६०७ नम्बरको ट्याक्सीलाई महानगरीय प्रहरी प्रभाग सानेपा ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त बुद्धचित्त फेला पारी तामाङलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस