गुल्मी, ११ भदौ । गए रातिदेखिकाे अविरल वर्षाका कारण पहिराे झर्दा गुल्मीको रिडी रुद्रबेणीसडक खण्ड अवरुद्ध भएको छ । सडक खण्डको रुरु गाउँपालिका-२ काे साँघुरेमा माथिबाट ढुङ्गा र माटो रझरिरहेकाे कारण सडक अबरुद्द बनेको अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका प्रहरी सहायक निरीक्षक नम बहादुर थापाले जानकारी दिए ।
भिषण वर्षा परिरहेको र पहिराे झर्ने क्रम नराेकिएकाले पैदल यात्रीलाई जाेखिम उठाएर यात्रा नगर्न प्रहरीले आग्रह गरेकाे छ । यसै बीच प्रहरीले पैदल यात्रु तथा यातायातका साधनहरुलाई वैकल्पिक सडको प्रयोग गर्न समेत आग्रह गरेको छ ।
बुटवलदेखि रुद्रवेणि तर्फ गैइरहेको ध १ च १४६ नम्बरको डबल क्याप बोलेरो जिप पहिराेमा परेपनि मानविय क्षति भने भएकाे छैन । पहिराेमा परेकाे गाडिलाई निकाल्ने प्रयास भईरहेकाे प्रहरीले जनाएको छ ।
साथै रुरुक्षेत्रमा हिजो देखि परेकाे अविरल वर्षा रोकिएको छैन । यसक्षेत्रका खाेला खाेल्सा र नदि नालाकाे जलस्तर बढेकाे छ । कालिगण्डकी रिडीखाेलाकाे जलस्तर समेत बढेकाे छ ।
अविरल वर्षाबाट हुन सक्ने सम्भावित घटनाबाट बच्न रुरु गाउँपालिकाले सबै वडाहरुमा सतर्कता अपनाउन आह्वान गर्दै विपत व्यवस्थापनकाे टिमलाई सतर्क अवस्थामा रहन आग्रह गरेको छ ।