• २०८३ जेष्ठ १ गते शुक्रवार

प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १२, भक्तपुर । प्रहरीले प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मध्यपुर ठिमी नगरपालिका-४ नयाँठिमी चोकबाट ड्यूटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा दोलखा गौरीशंकर गाउँपालिका-२ घर भई भक्तपुर ठिमी चारदोबाटो बस्ने ३३ वर्षीय ध्रुब बस्नेतलाई सोमबार राति पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी आएका बस्नेतले उक्त ठाउँमा ड्यूटीमा खटिएको प्रहरी टोलीलाई हातपात समेत गरी अभद्र व्यवहार गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस