असार १३, काठमाडौँ। स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार थप १ हजार ९ सय २० जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ६५ हजार ७ सय ७७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आज ३ हजार ७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख ८४ हजार ३ सय ३४ जना रहेको छ । आज ३४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ९ जना पुगेको छ ।