• २०८३ बैशाख ४ गते शुक्रवार

कञ्चनपुरमा लागुऔषधसहित एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १३, कञ्चनपुर। कञ्चनपुरमा लागुऔषध ब्राउनसुगरसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी मातहत रहेको बोर्डर आउट पोष्ट पचुइबाट खटिएको टोलीले उनलाई बेलौरी नगरपालिका-८ को कालोपुलबाट जिल्लाको वेदकोट नगरपालिका-९ का २२ वर्षीय नरेन्द्र मडैलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल शैलेश्वरी गणले मडैको साथबाट ६।९० ग्राम ब्राउन सुगरसमेत बरामद गरेको जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस