• २०८३ असार ३ गते बुधवार

कोरोना महामारीको संक्रमणबाट बच्न भारतस्थित नेपाली दूतावासले आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १४, काठमाडौं । छिमेकी मुलुक भारतमा रहेका नेपाली नागरिकलाई कोरोना महामारीको संक्रमणबाट बच्न भारतस्थित नेपाली दूतावासले आग्रह गरेको छ । मंगलबार दूतावासले एक सूचना जारी गर्दै कोभिडको संक्रमणबाट बच्‍न मास्कको उचित प्रयोग गर्न, अत्यावश्‍यक एवं जरुरी कामबाहेक घरबाट बाहिर ननिस्कन, भिडभाडबाट टाढा रहन एवं भेटघाटमा सामाजिक दूरी अपनाउन सम्पुर्ण नेपालीलाई आग्रह गरेको हो ।

त्यस्तै राजदूतावासले कार्यालय समयमा दूताबासबाट कुनै सेवा लिनुपर्ने भएमा वा अन्‍य कुनै विषयमा सूचना तथा जानकारी,सल्लाह,सुझावका लागि इमेल गर्न र फोन गर्न आग्रह गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस