• २०८३ साउन १८ गते सोमवार

एमाले नेता विष्णु रिजाललाई कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

‍बैशाख १४, काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजाललाई कोरोना संक्रमण भएको छ । नेता रिजालले सामाजिक सञ्जालमार्फत मंगलबार गरिएको परीक्षणबाट आफूमा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफुलाई कोरोना संक्रमण भएको बताउदैं आफू नजिक आएकाहरूलाई शीघ्र परीक्षण गराएर सावधानी अपनाउन आग्रह पनि गरेका छन् । । उनले फेसबुकमा लेखेका छन “आज गरेको स्वाब परीक्षणबाट ममा कोभिड–१९ पोजेटिभ देखिएको छ । सामान्य लक्षणसहित घरमै बसेको छु । यसबीचमा मेरो सम्पर्कमा आउनुभएका महानुभावहरूलाई शीघ्र परीक्षण गराउन र आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछु ।”

Sharing

प्रतिक्रिया दिनुहोस