• २०८३ जेष्ठ २८ गते बिहिवार

यात्रुबाहक बसमा स्कुटर ठोक्किँदा चितवनमा बाबु-छोरी र भतिजीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १४, चितवन । चितवनको पकौडीमा यात्रुबाहक बसमा स्कुटर ठोक्किँदा शनिबार साँझ बाबु(छोरी र भतिजीको मृत्यु भएको छ। प्रहरीका अनुसार जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख २१५० नम्बरको बसमा ठोक्किँदा ना४०प ७०८२ नम्बरको स्कुटरमा सवार तीनै जनाको मृत्यु भएको हो।

चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार दुर्घटनामा भरतपुर महानगरपालिका(६ गीतानगर बस्ने ४५ वर्षीय स्कुटरका चालक मोहन अधिकारी, सोही स्कुटरमा सवार उनकी १७ वर्षीया छोरी विनिशा अधिकारी र भतिजी १७ वर्षीया दिविशा अधिकारीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका तिनै जनाको जिल्ला अस्पताल भरतपुरमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको थापाले बताए।

Sharing

प्रतिक्रिया दिनुहोस