• २०८३ बैशाख ४ गते शुक्रवार

आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। जसका प्रभावले देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित फाटफुटरहल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस