फागुन १५ मुगु । कालो तथा केही सेतो फुलेको कपाल, रातो टिर्सट, घाँटीमा पँहेलो गेडीको माला, ढाडमा कट्टीले बुनेको कम्मर, छेउमा चप्पल, ढुंगा र काठले अड्डाईएको चान, चाउरी परेको गाला, गौंगोरा हात, अनि हुलिया ।
उमेरले उनी ठ्याक्कै ६० पुगिन । उनी हुन एक वृद्ध भोटे महिला हुन । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोंग गाउपालिका वडा नं ८ मांग्रिकि कार्मा छेञ्जोंङ लामा । उनलाई विहान १० बज्ने बित्तिकै चान बुन्नको लागि आफ्नो घरको छतमा जुरुक्क उक्लिन्छन् । उनको उमेरको हिसाव लाई हेरौ भने कुनै पनि गर्न सक्दैनन् तर कार्मा माथि रहेको त्यो अतभुत क्षमता आफै लाई पनि हेक्का नभएको उनी सुनाउछन् ।

दिउसोको २:३० बजेतिर कार्मा बस्ने गाउमा म पुगे, अनि मैले उनी लाई देखेपनि बाटोमै चान बुन्दै गरेको । मैले सोधे आमा तपाई बुढि हुनुहन्छ किन यस्तो काम गर्नु भयो ? सक्नु हुन्छ र ? त्यो सोध्दा सहजै रुपमा जवाफ दिईन “के गर्नु बाबु मैले यो नगरे पछि मेरो दिन चर्या र छाक टार्न पनि हम्मे हम्मे हुन्छ । विहान बेलुका के खाऔं के राखौं भन्ने चिन्ता हुन्छ । यहि समस्या लाई मध्येनजर गर्दे मैले चान बुनेको हो बाबु ।”
यो जवाफ दिए पछि उनको आँखा आसुले रसाएका थिए । पक्कै पनि होला घरमा खान लाउन पुग्ने भए किन यस्तो चिसो ठाँउमा बसेर संघर्ष गर्नु पथ्र्यो । मैले सोचे पक्कै पनि यि वृद्ध महिलाको आँखामा आसु झारेपछि संर्घषमै जिवन बिताई रहेकि छन् भनेर । उनी एक बौद्ध धर्मालम्बिहरुकि एक आस्थावन हुन । माग्री गाउमा बढि मात्रा लामा अर्थात भोटे समुदायको बसोवास बाहुल्यता रहेको छ । सोही गाउमा उनी मात्र होईनन थुप्रै भोटे समुदायकि महिलाहरु यस्तै चान बुनि जीवन निर्वाह गर्ने गरेकि छन् । कार्माले भनिन् चान बुन्ने हाम्रो परम्परागत देखिनै यो पेशा अंगाली रहेका छन् ।
किन भने यहाका भोटे महिलाहरुले आफ्नो शरीर कम्मरमा बाध्नको लागि भए पनि चान बुन्ने गरेको उनी बताउछन् । चान बुनेरै उनी मासिक ५ हजार देखि १० हजार सम्म आम्दानी गर्ने गरेको बताईन ।
एउटा चान बुन्नको लागि कम्तिमा २ , ३ दिन सम्म लाग्ने गरेको उनको भनाई छ । भेडा , बाख्रा र च्यांग्राको रौं बाट निर्माण हुने राडि , पाखि , लिउ हुदै अन्य सामग्री पनि चान बाटै बुन्न सकिने जानकारी दिईन । विगत २० वर्ष देखि चानमा रुमालिदै आईरहेकि कार्मा अहिले यतिका वर्ष पुगि सकेपनि चानमै रमाई रहेकि छन् । उनले चान बुनेरै विगत देखिनै हाल सम्म आफ्नो घर परिवार धान्दै आईरहेको उनले भनिन् ।
पछिल्लो समय आफ्नै घर बाट निर्माण हुने यि सामग्रीहरु विस्तारै हराउदै गईरहेका छन् । भेडा बाख्रा बाट बुनिएका ति राडि पाखिहरु लाई प्रयोग गरेर राँगन , अन्य विरामिहरु लाई निको पार्ने यहाका बुढापाखाहरुको बुझाई रहेको छ । उनी मात्र होईन माग्री गाउका अर्को महिला तेन्जोङ लामाको पनि उस्तै चान बुनेरै दिन चर्या भईरहेको छ । हिमाली जिल्ला मुगुका कतिपय महिलाहरुको यसरी नै दिन बित्ने गरेको छ । कहिले , गिट्टी कुट्ने , कवाडी बोक्ने , गरेर जेनतेन जिवन बिताई रहेको पाईन्छ ।
चुलो चौकोमा मात्र सिमित हुने यहाका महिलाहरु विस्तारै विस्तारै घरपरिवार समेत धान्न पुगेकि छन् । उनीहरुको दैनिकि जिवन भने काममै बित्ने गरेको छ । भोक प्यास , निन्द्रा , नभनी घर परिवार धान्नै भए पनि काममा रुमालिने गरेको उनी बताउछन् । सिहदरवारको अधिकार गाउमै आएको भनिएता पनि तर यहाका महिला लाई सिहं दरवार होईन सिंह आएको अनुभुति गरेको उनको कथन रहेको छ ।
यहाका स्थानीय सरकारले महिला सशक्तिकरण , सिप मुलक , कार्यक्रमहरु ल्याएता पनि त्यसको कार्यान्वयन भएको छैन । एका तर्फ सिप सिक्न तल्लिन रहेका यहाका महिलाहरुको सिपमा पुर्णविराम लागेको छ ।