• २०८३ बैशाख १० गते बिहिवार

केराबारीमा ट्याक्टर दुर्घटना,एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुण १५, मोरङ । मोरङको केराबारी गाउँपालिकामा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार शनिबार बिहान भएको ट्याक्टर दुर्घटनामा ट्याक्टरका सह–चालक इटहरी ३ का १८ वर्षीय गजेन्द्र राईको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार केराबारी गाउँपालिका ५ स्थित पिपल चौकमा तीव्रगतिमा रहेको को २ त ५५०० नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो । उनका अनुसार दुर्घटनामा ट्याक्टरले किचेर घाइते भएका राईको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा विहान साढे ९ बजे मृत्यु भएको हो ।

त्यसैगरि, ट्याक्टरमा रहेका इटहरीकै २२ वर्षीय राजु थापा भने घाइते भएका छन् । प्रहरी निरीक्षक ढकालका अनुसार थापाको पनि गम्भीर अवस्थामा धरानमा उपचार भइरहेको छ । प्रहरीले ट्याक्टरका चालक इटहरी–३ का २७ वर्षीय राम दर्जीलाई भने आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस