• २०८३ बैशाख १३ गते आइतवार

एकथान कटुवा पेस्तोल बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ११, धनुषा । धनुषाको औरही गाउँपालिका–२, देउरीस्थित आँपको बगैँचाबाट लोड भएको एकथान कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ । आज बिहान इलाका प्रहरी कार्यालय औरहीबाट खटिएको प्रहरी टोलीले सो हतियार बरामद गरेको हो ।

सोही ठाउँ बस्ने छठ्ठु मुखियाको घरमा अपरिचित व्यक्तिहरूले बाक्सा चोरी गरी उक्त बगैँचामा लगी फुटाएको अवस्थामा घरधनीले थाहा पाई हो–हल्ला गर्दा अपरिचित व्यक्तिहरू फरार भएको सूचनापछि प्रहरीले घटनास्थलबाट उक्त हतियार, एकथान मंगलसूत्र र नगद पाँच हजार रुपैयाँ समेत बरामद गरेको छ ।

हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस