• २०८३ बैशाख ८ गते मङ्गलवार

दाउरा प्रहार गरी आमाको हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर १०, पाल्पा । पाल्पामा जेठो छोरोले आमाको हत्या गरेका छन् । पाल्पा रिब्दीकोट गाउँपालिका–८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले आमा ६२ वर्षीय मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मदिरा सेवन गरेका कृष्णबहादुरले आमालाई दाउराले प्रहार गरी मारेको तथ्य प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो । छोरा कृष्णबहादुर सारुलाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस