• २०८३ बैशाख २६ गते शनिवार

ओलीको निर्देशन : हामीले गरेका असाधारण कामको उपलब्धि लिएर जनतामा जानुस्

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले असाधारण काम गरेको दाबी गरेका छन्।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटीको बैठकमा उठाइएका प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘संविधान निर्माणपछि हाम्रो पहिलो सरकार बनेको थियो। सरकारमा रहँदा हामीले असाधारण काम गरेका छौँ। त्यसैले जनतासमक्ष जान हामीलाई कुनै समस्या छैन। हाम्रो सरकारले गरेको कामलाई लिएर जनतामा जानुहोस्।‘

विपक्षीहरूले षड्यन्त्र गरेर सरकारबाट हटाएका भए पनि आगामी निर्वाचनपछि फेरि सत्तामा फर्किने बताए। देश र जनताको पक्षमा काम नगर्नेहरूलाई मात्रै चुनावमा जान डर हुने उनको भनाइ छ।

Sharing

प्रतिक्रिया दिनुहोस