• २०८३ जेष्ठ १५ गते शुक्रवार

सुर्यदेवको दर्शन गरि दिनको सरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

वि.सं. २०७८ आश्विन १० गते आइतवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर २६ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (ञलागा), नेपालमा सूर्योदय : बिहान ०५:५३ बजे र सूर्यास्त : साँझ ०५:५४ बजे, चन्द्रास्त : दिउँसो १०:१५ बजे र चन्द्रोदय : बेलुका १०:०२ बजे, आश्विन कृष्णपक्षको पञ्चमी तिथि, दिउँसो १०:५७ बजेसम्म, त्यसपछि षष्ठी तिथि, कृतिका नक्षत्र, दिउँसो ०१:४९ बजेसम्म, त्यसपछि रोहिणी नक्षत्र

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्टान्न भोजनको अवसर प्राप्त हुने योग छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । नयाँ काममा हात हाल्ने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मन उत्ताउलो बन्नेछ, निर्णयक्षमतामा कमी आउन सक्छ । चन्द्रमा भए पनि आज मित्रवर्ग र सहयोगीहरूले मनले चाहेजस्तो साथ दिन सक्ने छैनन् । पुराना र रोकिएका काम पूरा गर्न धेरै समय लाग्नसक्छ । परिश्रम र कर्तव्यपालनाका कारण फुर्सद पाउन गाह्रो हुन्छ । अध्ययन–अध्यापनको क्षेत्रमा समय निकाल्न सकिंदैन । आर्थिक पक्ष धेरै बलियो छैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ । सामान्य कुरामा रुमलिनु राम्रो हुँदैन । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । जिम्मेबारी वहन गर्नु पर्नेछ, उत्साहपूर्वक काम गर्नुहोला । यद्यपि श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा भने सोचेअनुसार लाभ हुने छैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा भए पनि आम्दानीमा कमी हुने छैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला । मातापिता र अभिभावक वर्गसँग सामीप्य राख्न सके राम्रो हुन्छ । अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन, राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको जाति हुन्छ । घरपरिवारमा सामान्य छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहने देखिन्छ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । व्यावसायिक काममा पनि खर्च बढ्नेछ । अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सङ्कटको सामना गर्दै उपलब्धि हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । गर्नैपर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
तर्क, विवाद र झैझडामा दिलचस्पी दिनु हुँदैन । प्रतिस्पर्द्धात्मक समय छ । पेसागत वा व्यवसायिक जीवनमा चुनौतीको सामना गर्नुपर्ने छ । आर्थिक समस्याले तनाव उत्पन्न हुनसक्छ । ज्ञानगुन र पठनपाठनको क्षेत्रमा मन जाँदैन् । सहयोगी हातहरू पछि हट्न सक्छन्, आफन्तले समेत कुरा सुन्न र समय दिन सक्दैनन् । प्रणयसम्बन्धमा पनि चिसोपन देखिन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ । बौद्धिक क्रियाकलापमा दिलचस्पी जाग्नेछ, लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्नेछ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
घरायसी कामधन्दाका लागि खट्नुपर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । मनोरञ्जन र खेलवाडप्रति मनको आकर्षण बढे पनि इच्छा पूरा गर्न सकिंदैन । रोमान्स र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज तृतीय भावमा कमजोर चन्द्रमा रहेकाले जस र सम्मानको ख्याल नगरिकन धार्मिक र सामाजिक कार्यमा नेतृत्व लिएर काम गरेको जाति हुन्छ । पराक्रम र उत्साहमा कमी आउने छैन । कृषिकर्म र बन्दव्यापारबाट सामान्य आम्दानी भइरहने छ ।साथीभाइ, इष्टमित्र वा घरपरिवारभित्रै झैझगडा र विवादको वातावरण सिर्जना हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस