• २०८३ बैशाख ८ गते मङ्गलवार

छायानाथको बजेट : ६१ करोड ८० लाख

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असार १२, मुगु । मुगुको एक मात्र छायाँनाथ रारा नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को लागि ६१ करोड ८० लाख बजेट सार्वजानिक गरेको छ । नगर प्रमुख हरिजंग शाहीले नवौं बजेट सभामा संघीय सरकारको समानीकरण तर्फ १२ करोड ८१ लाख र सर्शत अनुदान तर्फ २४ करोड ८७ लाख बजेट प्रस्तुत सार्वजानिक गरेका हुन ।

उक्त नवौं बजेट सभामा संघीय तर्फको राजश्व बाँडफाँड तर्फ ८ करोड ९१ लाख प्रस्तुत गरिएको छ । कर्णाली प्रदेश तर्फको समानीकरण तर्फ १ करोड ८२ लाख १४ हजार र सर्शत अनुदान तर्फ १ करोड ७७ लाख बजेट नगर प्रमुख शाहीले प्रस्तुत गरेका छन् । प्रदेश तर्फको राजश्व बाँडफाँटमा ६ लाख ५० प्रस्तुत गरिएको छ भने नगरको आन्तरिक राजश्व १ करोड १ लाख प्रस्तुत गरिएको छ ।

प्राथमिकतामा बेलिब्रिज र शिक्षक लाई एक सय रुपैया
छायानाथ रारा नगरपालिकाले आगामी बर्षमा ४ वटा बेलिब्रिज निर्माण गर्ने लक्ष्य राखेको छ । नगरपालिका भित्र कवड हल सभाहल निर्माण गर्न बजेट विनियोजन गरिएको छ । आधुनिक प्रबिधिको फोहोर ब्याबस्थापनको लागि ८६ लाख बजेट बिनियोजन गरेको छ । रुघा, थार्प , लह , लापुमा बृहत खानेपानी निर्माण गर्न १ करोड ९५ लाख बजेट बिनियोजन गरेको शाहीले बजेट सभामा अवगत गराए । शिक्षकलाई खाजा खर्चको लागि प्रति ब्यत्ति प्रतिदिन १ सय रुपैयाँ दिने बजेटमा उल्लेख गरिएको छ । शिक्षक र बिधार्थीलाई कोभिड भ्याक्सीन लगाउने अभियानको थालनी गर्ने नीतिगत रुपमाउल्लेख गरेको छ । नगरको सबै बस्तीमा बिद्युत र सडक पु¥याउने लक्ष्य राखेको छ । बिगतका बर्षको नगर सभा भन्दा यो बर्षको नगर सभा मर्यादित र शान्त रुपमा सुरु भएको नगर उपप्रमुख सुन्तला रोकायाले बताइन । बजेटले लक्षित बर्गलाई समाबेश हुने हिसावले ल्याइएको उनको भनाई छ ।

कार्मारोगले ल्यायो ३३ करोड बढि
मुगुम कार्मारोग गाउपालिकाले आर्थिक बर्ष २०७८/०७९ को लागि ३३ करोड ९३ लाख ८४ हजार बजेट ल्याएको छ । कर्णाली प्रदेश सरकार र संघिय सरकार बाट अनुदान कम प्राप्त भएकाले पालिकाले सोचे अनुसार बजेट नआउदा सबै क्षेत्रमा विनियोजन हुन नसकेको मुगुम कार्मारोग गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले जानकारी दिए । उनले भने पालिकाले ल्याएको बजेटले विशेष गरेर शिक्षा , स्वास्थ्य , खानेपानि , सडक , पर्यटन , र पुर्वाधार लाई उच्च प्राथमिकतामा राखेको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस