• २०८३ असोज ३ गते शनिवार

चिनियाँ राष्ट्रपति सीद्वारा नेपाललाई थप १० लाख खोप दिने प्रतिबद्धता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १२, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिनले नेपाललाई थप १० लाख डोज खोप अनुदान सहयोग दिने भएका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार भएको टेलिफोन संवादका दौरान चिनियाँ राष्ट्रपति सीले उक्त प्रतिबद्धता जनाएका हुन् ।

नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले ट्वीट गर्दै राष्ट्रपति सीले संवादका दौरान नेपाललाई अनुदान सहयोग अन्तर्गत १० लाख खोप दिने घोषणा गरेको जानकारी गराइन् । राष्ट्रपति भण्डारीले सीलाई नेपाललाई खोप आवश्यक परेको हुँदा नेपाललाई खोप खरिदको लागि सहजीकरण गर्नको अनुरोध गरेकी थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस