वैशाख १३, काठमाडौँ । सरकारले आन्तरिक उडान चालु राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले तत्काल आन्तरिक उडान चालु राख्ने निर्णय भएको हो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोना नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले गरेका सिफारिस पनि पारित गरेको छ । सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुसार उडान सञ्चालन गर्ने भन्ने निर्णय भएको छ । अन्तर्राष्ट्रिय उडानमा यात्रा गर्नका लागि तोकिएको ल्याबबाट पीसीआर परीक्षणको रिपोर्ट लिनुपर्ने निर्णय भएको हो । सरकारले विदेश जानेका लागि पीसीआर परीक्षण गर्नका लागि ५ ल्याबलाई अनुमति दिएको छ ।