बैशाख १३, मुगु । बुधवार बेलुका बाट लगातार वर्षा भईरहदा कणालीका उच्च हिमाली जिल्लाहरुमा हिउँ परेको छ । बिगतका बर्षहरुमा सबै भन्दा बढी हिउँ पुस,माघ र फाल्गुन महिनामा आउन्थो यो बर्ष पुस ,माघ र फाल्गुन महिनामा हिमपात नपर्दा मानिसको जनजिवनमा सास्ती भएको थियो भने कृषकहरुले लगाएको जौ, गहुँ, उवा खडेरीले सुकी सकेका थिए बैशाख महिनाको पहिलो सातामा वर्षा पानी पर्दा मुगु लगायत अन्य जिल्लामा रहेको उच्च बस्तीहरुमा हिउँ परेको हो ।

साबिकको कर्णालीमा रहेका मुग ,जुम्ला ,कालीकोट हुम्ला ,डोल्पा जिल्लाका अधिकांस बस्तीहरुमा हिउँ पर्दा बस्तीहरु सेताम्मे भएका छन । भर्ने चिसो पनि निकै बढी रहेको छ । ढिलो भए पनि हिउँ पर्दा अव कृषकहरुलाई वर्षे रैथाने अन्न बालि लगाउनमा सहज भएको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५ बस्ने कृषक बालकृष्ण कार्कीले बताए । धेरै बर्ष पछि बैशाख अर्थात बसन्त ऋतुमा हिउँ परेको देख्न पाईयो । लामो समय सम्म आकाश बाट पानी नपर्दा तराईको पुस माघ महिना जस्तो वायु प्रदुषणले आकासमा लामो समय सम्म तुँवालो लागेको थियो भने धुलो धुवा निकै बढी रहेको र हिजो राति परेको हिँउ पानिले आज आकास खुला देखिएको छ । मानिसको स्वास्थ्मा पनि केही सुधार आउर्ने डाक्टर अर्जुन भामको भनाई छ ।

हिमपातले गर्दा सबै भन्दा कृषकहरुलाई फाईदा भएको छ । खेति गर्ने समयमा हिउँ पानि परेको छ र कृषकहरुले लगाएका स्याउ, ओखर, आरु, लगाएतका फलफुल बिरुवामा फुलफुल्र्ने समय हो कोदो, मकै, लगायत अन्य अन्न बालि हिजो आज धमाधम कृषकहरु खेत बारीमा काम गरी रहेका छन । थप हिउँ पाति पर्दा कृषकहरुलाई थप राहात भएको कृषि बिकास कार्यालय मुगुका कार्यालय प्रमुख कमल सुनारले जानकारी दिए । साथै हिजो दिन भर निरन्तर वर्षा भईरहेको थियो भने केही मात्रा असिना पानी पनि परेको थियो ।