बैशाख १२ मुगु । सेतो , कालो फुलेको कपाल, हातमा घडि, ठड्डिएको लौरा , न्यानो ज्याकेट, पछाडी निगालोले बुनेको डोको, अन्य कट्टा, बाटोको छेउमा बिछ्याईएको ओछ्यान । उनी एक वृद्ध हुन मुगुम कार्मारोगं गाउपालिका वडा नं ९ छाईलका बलरुप बुढा । उमेरले ६० नाघे । यतिका वर्ष पुग्दा केही वर्ष घरमै बास बित्यो पछि उनको बास घरमा बस्ने कुरा त परै जावस ३ वर्ष देखि बाटोमै बास रह्यो ।

उनी बाटोमै बास बस्नको कारण यो छ कि बुढाका आफन्त घर परिवारको निधन भएको र गाउलेले श्री सम्पति आफै उब्बजनि गरि खादै आएको उनले सुनाए । उनले भने घरको सम्पति त खान पाईएन पाईएन राज्य बाट पाउने सेवा सुविधा सामाजिक सुरक्षा भत्ता , लगायतका सेवा बाट पाउन बञ्चित भएको वृद्ध बुढाले आफ्नो अनुभव सुनाए । राज्यको सुविधा नपाउनु यो थियोकि नेपाली नागरिकताको प्रमाण पत्र नहुनु, आफन्त घर परिवार, छर छिमेक लाई नागरिकता पाउन लाई पहल गराएको र राज्यले पनि नागरिकता दिन पहल गरे पनि कुनै पनि सुनुवाई र चासो नदिइएको उनको गुनासो छ । उनी भन्छन् अहिले म सँग कोही पनि छैन, म एक्लै छु , एक गास भात पनि खान पाउदैन, यहाका दाजु भाईले खानको लागि हात खोल्दिए पछि एक गाँस खान्छु कसैले हातको मुठि बन्द गरे कहिले भोकै बस्ने र कहिले आफ्नै दिशा पिसाव खान पनि बाध्य भएको बताए ।

उनी एक ठाउ बाट अर्को ठाउ सम्म हिड्न सक्दैनन, ओछ्यानमै बास, दिशा पिसाव पनि यसैमा हुने गरेको बताए । जुम्लाबाट मुगुको छाईल बजारमा ब्यापार, ब्यावसाय गर्दे आईरहेका व्यायपारी मान बहादुर शाहीले अक्कल झक्कल खाना दिने गरेको बताए । घरमा जहान परिवार छन् त्यहि खाना बचे पछि उनलाई दिने गरेको छु । उनले यो पनि भनेकि सधै भरि यहाँ बस्न पाउदैनौ उति खेर कसैले पनि खाना दिदैनन् भोकै बस्छन् । उतिखेर उनको आँखा बाट आसु नझरेको दिननै हुदैन । उनले भने यि वृद्धलाई उद्धारको लागि माग गरेका छन् ।
सहयोगको लागि हात जोड्दै
पिडित बृद्ध बुढा लाई उद्धारका लागि यहाका स्थानीय सरकारसँगै तीनै तहका सरकार लाई माग गरेका छन् । ३ वर्ष बाटोमै दिन बिताईयो अब कसैले दया मानेर उद्धार गरि दिए भए मेरो जीवनमा परिवर्तन आउने थियो उनको भनाई छ ।

मेरो उमेर पनि ढल्कि सक्यो अब कति पो हो बाच्ने , बाचुन्जेल सम्म केही उद्धार गरिदि एभने राहत पुग्ने उनको विश्वास छ । स्थलगत रिपोटिंङ्गमा उनले यो भनेका छनकि मलाई घरबार केही चाहिदैन बस खाना लाउन, नागरिकता पाउन र राज्यको सेवा सुविधा पाएपनि त्यसै बाट एक गास भात र एक जोर लत्ता कपडा फेर्ने पाउन्थे उनले भने ।