• २०८३ जेष्ठ ६ गते बुधवार

मुगु उद्योग बाणिज्य संघ निर्विरोध : अध्यक्ष बुढा

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

बैशाख १३ मुगु । मुगु उद्योग बाणिज्य संघका पदाधीकारीहरु सर्वसम्मत निर्वाचित भएका छन । शनिबार सम्पन्न संघको सातौ जिल्ला अधिवेशनको बन्त्र सत्रबाट अध्यक्ष सहित सबै पदाधीकारीहरु सर्वसम्वत निर्वाचित भएका हुन ।

निर्वाचित पदाधीकारीहरुमा कमलबहादुर बुढा अध्यक्ष, रत्नसिङ्ग मल्ल प्रथम उपाध्यक्ष , जंगबहादुर शाही दितिय उपाध्यक्ष, नृपेन्द्र बहादुर मल्ल महासचिव ,जयबहादुर शाही कोषाध्यक्ष र मान बहादुर बुढा सचिवमा निर्वाचित भएको निर्वाचन समितीका संयोजक कुवेरजंग शाहीले जानकारी दिए । यस्तै गरि खुल्ला सदस्यहरुमा रवि रावत , नरेन्द्र रोकाया, हरिमन भण्डारी , विष्णु रावत , जया बुढा र कर्णसिंग बुढा निर्वाचित हुनु भएको छ भने समावेशी सदस्यहरुमा दलितबाट गंगासिंग कामी , जनजातीबाट दिनेश श्रेष्ठ र महिला बाट बाचुकली रावत पनि सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचन समितीले बताएको छ ।

शनिबारै बसेको नवनिर्वाचित जिल्ला कार्य समितीको पहिलो बैठकले संघको विद्यान २०५४ को दफा २५ (झ) अनुसार ५ जना सदस्यहरु समेत मनोनित गरेको छ । संघका अध्यक्ष कमलबहादुर बुढाका अनुसार मनोनित हुनुहुनेहरुमा रमेश कुमार मल्ल कर्ण बुढा, राजन भण्डारी, गौरीकला सावत र लक्ष्मी प्रसाद भामरहेका छन ।
देशको परिवर्तित संरचना अनुसार संघका पालिका स्तरिय शाखा खोल्न र वस्तुगत सदस्ययता दिनका लागी नितिगत रुपमा विद्यान संशोधन र शाखातथा वस्तुगत संघ संचालन कार्यविधी बनाउन बन्धसत्रमा पेश भएको प्रस्तावमाथी छलफल गदै कार्यविधिी बनाउने र विद्यान संशोधन गर्ने अधिकार सातौ अधिवेशनले नव गठित संघको कार्य समितीलाई दिने निर्णय सर्वसम्मत पारित गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस