चैत्र १३, काठमाडौं । शुक्रबार दिउँसो काठमाडौं विश्वकै पहिलो प्रदुषित शहरमा परेको छ । विश्वको प्रदूषण मापन गर्ने आइक्यू एयर डट कमले शुक्रबार दिउँसो केहीबेर काठमाडौंलाई विश्वकै पहिलो वायु प्रदूषित शहरमा राखेको हो ।
प्रदूषित शहको लिष्टको दोस्रोमा चीनको राजधानी बेइजिङ रहेको छ । तेस्रो नम्बरमा भारतको मुम्बइ, चौँथो नम्बरमा बंगलादेशको ढाका र पाँचौँ नम्बरमा चीनको वुहान रहेको छ । भारतको विभिन्न स्थानबाट उडेर आएको धुलोका साथै काठमाडौं उपत्यकामा सुख्खापन छाएका कारण वायु प्रदुषण भएको बिज्ञहरुको भनाइ छ । नेपालकै तराई क्षेत्रमा भइरहेको आगलागी र सुख्खा बढेको कारण पनि काठमाडौको आकाशमा प्रदुषण छाएको विज्ञहरुको भनाइ छ । विज्ञहरूले बाहिर ननिस्कन तथा निस्कनै परे मास्क अनिवार्य लगाउन आग्रह गरेका छन ।