फागुन १४, काठमाडौँ। नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात (ब्रेन ह्याम्रेज) भएको छ । पूर्वउद्योगमन्त्री जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको हो । शरीरको देब्रेपट्टी समया देखिएपछि उहाँलाई राति नै वीर अस्पताल लगिएको थियो । जोशीलाई वीरबाट थप उपचारका लागि शुक्रबार बिहान थालाथलीस्थित् नर्भिक अस्पताल लगिएको उहाँका सहयोगी सुशान्त आचार्यले जानकारी दिनुभयो ।
उहाँको अहिले अपरेशन गर्ने तयारी भइरहेको र अवस्था गम्भीर रहेको आचार्यले बताउनुभयो । उहाँ २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ८ बाट वाम गठबन्धनका जीवनराम श्रेष्ठसँग पराजित हुनुभएको थियो ।