• २०८३ जेष्ठ १ गते शुक्रवार

भारततर्फ लैजाने क्रममा ७ वर्षीया बालिकाको उद्धार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १३, धनुषा। ललाइफकाई भारततर्फ लागिरहेको अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ ।

सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लागिरहेको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो । सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेको दुई जना दलाललाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दनराम रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस