• २०८३ जेष्ठ २ गते शनिवार

नेप्से परिसूचक उच्च अंकले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ८, काठमाडौं। आज शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ । साताको पहिलो दिन आइतबार दोहोरो अंकले बढेको नेप्से परिसूचक सोमबार ८७ दशमलव ६३ अंकले बढेर २ हजार ६ सय ७२ दशमलव २५ अंकमा पुगेको छ ।

‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६१ अंकले बढेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार भएको छ । दिनभर ५३ हजार ७९२ कारोबारबाट २२९ कम्पनीका ८३ लाख ९५ हजार ८ सय ६४ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३०क रोड ८८ लाख ९५ हजार ५७५ रुपैयाँ पुगेको छ । कारोबार रकम दशैं बिदा पछिकै सर्वाधिक हो ।

Sharing

प्रतिक्रिया दिनुहोस