• २०८३ बैशाख ७ गते सोमवार

खुलेआम जुवा खेलाएको भन्दै सिडियो को सरुवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ८ , सर्लाही । सर्लाहीका प्रमुख जिल्ला अधिकारीकोे सरुवा गरिएको छ ।सर्लाहीमा कार्यरत राम कुमार महतोलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । उनको ठाउँमा सह–सचिव बाबुराम खतिवडालाई पठाइएको छ ।नेपाल प्रहरी र शसस्त्र प्रहरीका एसपीसँग प्रमुख जिल्ला अधिकारीले खुलेआम जुवा खेलाएको भन्दै उनको सरुवा गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले बताएका छन ।

सिडियो महतोका साथ साथै सर्लाहीबाट प्रहरी उपरिक्षक (एसपी) सन्तोषसिंह राठौर र सशस्त्रका एसपी गंगाराम श्रेष्ठको पनि सरुवा गरिएको छ ।प्रहरी प्रधान कार्यालयले रठौरको ठाउँमा एसपी कृष्ण प्रसाईलाई पठाएको छ । त्यसैगरी सशस्त्र प्रहरीको सर्लाही स्थित १० नम्बर गणका प्रमुख एसपी गंगाराम श्रेष्ठलाई गणको प्रमुखबाट हटाएर गढीमाई बाहिनीमा कार्यरत भरत खनियालाई पठाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस