भदौ ९, काठमाडौं । प्रहरीले युरोप पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले रामेछापको गोकुलगंगा गाउँपालिका–३ घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका ३३ वर्षीय पोशबहादुर सुनुवारलाई कोटेश्वरबाट बुधबार पक्राउ गरेको हो ।

सुनुवारले वर्किङ भिसामा युरोपेली मुलुक लिथुनिया पठाइदिन्छु भन्दै ६ जना व्यक्तिबाट एक–एक लाखका दरले ६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको महाशाखाले जनाएको छ । पक्राउ परेका सुनुवारलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको छ ।