• २०८३ बैशाख २० गते आइतवार

घर–घरबाट मान्छे तानेर रिसोर्टमा थुनियो : अध्यक्ष ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले घर–घरबाट नेता–कार्यकर्तालाई तानेर रिसोर्टमा थुनेको आरोप लगाएका छन । आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले घर–घरबाट फकाएर, मिठा कुरा गरेर पिँजडामा थुनेको संज्ञा दिएका हुन ।

बैठकका नाममा ललाइफकाइ लगेर घेराबन्दी गरेर राखिएको भन्दै उनलेभने,‘घर–घरबाट व्यक्ति तानियो, ललाइफकाइ गरेर, मीठा गुलिया वचन बोलेर सुनको पिँजडामा थुनियो ।’ अध्यक्ष ओलीले मीठै खान दिइए पनि राम्रै ठाउँमा सुताइए पनि पिँजडा त सुनकै भए नि पिँजडा नै भएको बताए । रिसोर्टमा भएको बैठक के कस्तो बैठक भन्दै उनले थपे, ‘पार्टीको बैठक यस्तो हुन्छ रु साधारण सदस्यदेखि नेतासम्म सहभागी हुने रु कि केन्द्रीय समिति हुन्छ, कि स्थायी समिति हुन्छ । यो कुनै बैठक थिएन ।’

Sharing

प्रतिक्रिया दिनुहोस