• २०८३ बैशाख २८ गते सोमवार

संसद र सरकार परमादेशले बनाएको भनेपछि सांसदहरुबीच चर्काचर्की

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १०, काठमाडौँ । संसद पुनःस्थापना र सरकार गठनका विषयमा संसदीय समितिमा सांसदहरूबीच चर्काचर्की परेको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि रानाले अहिलेको संसद र सरकार परमादेशले बनाएको भनेपछि सांसदहरुबीच चर्काचर्की परेको हो ।

सांसद नारदमुनि रानाको अभिव्यक्तिपछि काँग्रेस, माओवादी र माधव नेपाल पक्षका सांसद आक्रोशित बनेका थिए । एमाले वरिष्ठ नेता माधव नेपालले प्रतिगमनको पक्ष लिने व्यक्ति समितिमा बस्न लायक नभएको भन्दै आक्रोश व्यक्त गरे । त्यस्तै अन्य सांसदहरुले प्रतिनिधिसभा जनमतले बनाएको भन्दै अमर्यादित कुरा नबोल्न चेतावनी दिए । सांसदहरूले रानालाई बैठकबाट निकाल्न सभापति पवित्रा निरौलाको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा सभापति निरौलाले समिति कुनै राजनीतिक पार्टीको बैठकस्थल नभएकोले समितिले दिएको विषयमा केन्द्रीत हुन आग्रह गरेकी थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस