• २०८३ बैशाख ३१ गते बिहिवार

थप २४७६ जनामा संक्रमण पुष्टि, ५४५५ संक्रमणमुक्त २७ को मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ११, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ ।
पछिल्लो चौबिस घण्टामा थप ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् । थप २७ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् । हालसम्म ८९४५ जनाले ज्यान गुमाइसकेका छन् ।

 

Sharing

प्रतिक्रिया दिनुहोस