• २०८३ बैशाख २८ गते सोमवार

प्रचण्डको ‘क्रान्ति’ नामको मखुण्डो उत्रियो : नेता महेश बस्नेत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार  ११, काठमाडौँ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इतिहासको क्रान्तिको नाममा भएको भ्रान्तीको पर्दाफास भएको बताउनुभएको छ ।

 

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा केपी शर्मा ओली बाम्पन्थी भएनन्, देउवा दक्षिणपन्थी रहेनन्, राष्ट्रपति भन्दा राजा नै राम्रो भनि पछिल्लो समय पटक अभिव्यक्ति दिइरहनुभएको छ । विपक्षी गठबन्धनको हिजो भएको पत्रकारहरुसँगको कुराकानीमा माओवादीका अध्यक्ष प्रचण्डले वर्तमान प्रधानमन्त्री केपी ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीभन्दा कयौं गुणा राजाको उचाई भएको भनि अभिव्यक्ति दिनुभएको थियो ।

सोही प्रशंगमा नेता बस्नेतले प्रचण्डको क्रान्तिको नामको मखुण्डो उत्रिएको बताउनुभयो । प्रचण्डको अलंकारका क्रान्तिको नाममा भ्रान्तीको हास्यास्पद पर्दाफास भएको भन्दै नेता बस्नेतले पुष्पकमल नामक बिदुषकको छदम फुर्ती लगाएको भन्दै आक्रोस जनाउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ,

ओली बामपन्थी भएनन,
देउवा दक्षिणपंथी रहेनन,
राष्ट्रपती भन्दा बरु राजा राम्रो !!
पुष्पकमल नामक बिदुषकको छदम फुर्ती
‘क. प्रचण्ड’ अलंकारका
क्रान्ति नामको भ्रान्तीको हास्यास्पद पर्दाफास ।

Sharing

प्रतिक्रिया दिनुहोस