• २०८३ जेष्ठ २६ गते मङ्गलवार

नेपाली फुटबल टोली इराक जाँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ११, काठमाडौं । नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आज राति इराक जाने भएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट राति १० बजे इराक जान लागेको हो ।

मैत्रीपुर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागी राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडी छनोट गरेका थिए । यसअघि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको थियो । इराक उड्नुअघि नेपाली टोलीको पिसिआर परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको एन्फाले जनाएको छ ।

नेपाली टोलीमा गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहनुभएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपुर्ण खेल खेल्ने छ । उक्त खेल खेलेपछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न इराकबाट कुवेत जाने छ । नेपाली टोली जेठ २९ गते नेपाल फर्किनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस