• २०८३ बैशाख १४ गते सोमवार

१ वर्ष देखि रातापानी बिक्रि केन्द्र रित्तै

खड्क सुनार पढ्न लाग्ने समय : ४ मिनेट

जेष्ठ १०, मुगु। मुगु जिल्लाको उत्तरी भेगमा पर्ने खत्याड गाउपालिकाको रातापानिमा रहेको बिक्रि केन्द्र १ वर्ष देखि रित्तै रहेको छ । नेपाल खाद्य संस्थान रातापानि बिक्रि केन्द्रको ढुवानीको जिम्मा पाएको सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिकाका रमेश बराल मार्फत सञ्चालनमा रहेको बराल ढुवानी सेवा कन्टक्सन प्रालिले ठेक्का पाएको उक्त कम्पनिले १ वर्ष वितिसक्दा पनि हाल सम्म कुनै पनि चाँजो पाँचो नगर्दा र ठेकेदारले लापावार्हीको कारण १ वर्ष देखि रित्तै हुनुका साथै उपभोक्ताले सास्ती खेप्दै आएको खाद्य ब्यवस्था तथा व्यापार कम्पनि लिमिटेड शाखा कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार ठेक्काको जिम्मा पाएको बराल कन्ट्रसन लाई पटक पटक चिठी काठ्दा पनि कुनै पनि सिन्को (सुनुवाई ) नगरेको शाखा शाखाका सुचना अधिकारी पुस्कर भामले बताए । उनले भने विगतका वर्षहरुमा त्यस्तो अवस्था आएको थिएन अहिले १ वर्ष पुगे पछि ठेकेदारले लापर्वाही गरेको र उक्त ठेकेदार लाई खाद्य विभागले कुनै पनि कार्वाहीका प्रक्रिया नबढाई र विभाग मुखदर्शक भएर बसेको भामले जानकारी दिए ।

गएको असोज महिनामा सम्झौता भई आर्थिक वर्ष २०७७-७८ मसान्त सम्म सम्झौता बमोजिम ठेकेदारले ७ सय ५० क्विन्टल चामल बिक्रि केन्द्रमा पुर्याउनु पर्ने हो तर हाल सम्म नपुर्याएको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि कर्णाली प्रदेश प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । खत्याड बासि र गाउपालिका लाई समन्वय गरि चामल पुर्याउनु पर्ने हो तर अहीले सम्म चामल पुगेको छैन । ठेकेदारले स्थानीय तह , नागरिक लाई समन्वय गरि रकम संकलन गरि चामल वितरण गरिनु पर्ने हो तर त्यो सो नभएको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि कर्णाली प्रदेश प्रादेशिक कार्यालय सुर्खेतका कार्यालय प्रमुख माधव मिश्रले जानकारी दिए ।

 

यता बराल कम्पनिका प्रोपाईटर रमेश बरालका अनुसार मलाई त्यो ठाउमा चामल पुर्याउन मन नभएको होईन तर समन्वय सहकार्य नहुदा चामल पुग्न नसकेको बताए । फोन मार्फत उनले यस्तो जानकारी गराए कि आफुले कर्णालीका जुम्ला , कालिकोट र मुगुमा ठेक्का आफ्नै रहेको जानकारी दिए ।
तिन जिल्लाका शाखा , डिपोहरुमा प्रयाप्त मात्रामा चामल पुर्याई रहेको छु तर मुगु जिल्लाको खत्याड गाउपालिकामा रहेको रातापानी बिक्रि केन्द्रमा चामल १ वर्ष सम्म नपुग्नुको कारण त्यहाको स्थानीय सरकार खत्याड गाउपालिकाले चामल पुर्याउन अनुमति नहुन र समन्वय पनि नगर्नु , यदि चामल पुर्याए पनि मुचुल्का नउठाउनुले हाल सम्म चामल पुग्न नसकेको ठेकेदार बरालको भनाई छ ।

डिपोमा कर्मचारी राख्न माग
ठेकेदार बरालले भने डिपो केन्द्रमा कर्मचारी प्रायाप्त मात्रा नहुनु र रातापानि बिक्रि केन्द्रमा ज्याला मजदुरी सम्मको कर्मचारी नहुदा थप समस्या भएको जानकारी दिएका छन् । कर्मचारी नहुदा एक्लै आफुले ढुवानी गर्न , बिक्रि वितरण गर्न सास्ती हुन्छ । चामल पुर्याए पछि त्यहाका स्थानीयहरुले समन्वय नगर्नु र सहकार्य नहुदा समस्या झेल्नु परेको बरालको भनाई छ । अहिले नियमित रुपमा कर्णालीका तिन जिल्लामा चामल ढुवानि गरिरहेको छु ।
अहिले उक्त बिक्रि केन्द्रका उपभोक्ताहरु बजारको महंगो चामल किनेर उपभोग गर्न बाध्य भएको पनि अवगत गराए ।
सोरु गाउपालिकामा रहेको सोरु कोट डिपो केन्द्रमा १ हजार क्विन्टल , कालै डिपो केन्द्रमा ११ सय जापनिज चामल रहेको छ भने त्यस्तै पुलु डिपो केन्द्रमा १ सय क्विन्टल मात्र मौज्दात रहको छ भने शाखा कार्यालय गमगढी बजारमा ३ हजार चामल मौज्दात रहेको सुचना अधिकारी भामको भनाई रहेको छ । यि ४ डिपो मध्ये ३ डिपो केन्द्रमा प्रयाप्त मात्रामा चामल पुगेका छन् भने रातापानि बिक्रि केन्द्रमा १ वर्ष देखि रित्तै अवस्थामा रहेको जानकारी दिए ।

कोरोनाले छाक टार्न धौ 
पछिल्लो समय मुगुमा कोरोना संक्रमणले आक्रान्त पारि रहेको अवस्थामा मानव जिवनको दैनिक उपभोग्यमा पनि प्रभाव परेको छ । मुगु जिल्लामा अन्य स्थानीय तहहरु मध्ये खत्याड गाउपालिकामा खेतियोग्य जमिन बढि रहेको छ । मुगुका अन्य स्थानीय तहमा सरदर ६ महिना सम्म खान पुग्छ भने खत्याड गाउपालिकामा सरदर ८ महिना सम्म आफै उत्पादीत अन्न बालि खान पुग्ने यहाका जानकारहरु बताउछन् ।
नेपाल सरकार बाट मान्यता प्राप्त खाद्य संस्थानको चामल अनुदानको कोटामा दिए पनि खत्याड बासिले त्यो गर्न संस्थानको चामल उपभोग गर्न पाएका छैनन ।

अहिले कोरोनाले गर्दा झनै उनीहरुको दैनिकि के खाऔ के राखौ भन्ने चिन्तामा रहेका छन् । एकातिर निषेधज्ञा जारी भए पछि बजारी आयतित सामान खाद्यान्नहरु बजार भाउ मुल्य महंगिएको छ भने यहाका नागरिकहरु मर्कामा परेका छन् । पछिल्लो समय शाखा कार्यालय गमगढी बजारमा चामल लिन आउनेको संख्या दैनिकि ४० देखि ५० जना सम्म सेवाग्राही आउने गरेको भामले बताए

Sharing

प्रतिक्रिया दिनुहोस