चैत १२, काठमाडौं । भक्तपुर सूर्यविनायक नगरपालिका-८ इटबु सिपाडोलबाट संरक्षित वन्यजन्तु चितुवाको जस्तो देखिने १ थान छाला (आखेटोपहार) सहित रामेछाप उमाकुण्ड गाँउपालिका-४ बलखी बस्ने ३० वर्षीय सोम बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले सोम बहादुरलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।
सोम बहादुरलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय सानोठिमी भक्तपुरमा पठाइएको उक्त ब्यूरोले जनाएको छ ।