• २०८३ बैशाख २९ गते मङ्गलवार

नेपाल र कीर्गिस्तानबीचको खेल आज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १२, काठमाडौँ। त्रिदेशीय फुटबलका प्रतियोगितामा नेपाली टोलीले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार बेलुकी ५ः३० बाट सुरु हुनेछ ।

नेपाली टोली गोलरक्षक स् किरण चेम्जोङ, दीप कार्की, विकेश कुथु डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, रंजित धिमाल, निशान खड्का, दिनेश राजवंशी, विराज महर्जन, छिरिङ गुरुङ, अजित भण्डारी

मिडफिल्डर स् त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, रबि शंकर पासवान, तेज तामाङ, एरिक विष्ट, सुनिल बल, सन्जोग राई, विशाल राइ फरवार्ड ; भरत खवास, अन्जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजाल विश्वकप छनोटका खेलहरु स्थगित भएका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिदेशीय फुटबलको आयोजना गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस