• २०८३ जेष्ठ २४ गते आइतवार

माछा मार्ने क्रममा करेन्ट लागेर एक को मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, खोटाङ। खोटाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । जिल्लाको साकेला गाउँपालिका ९४ मात्तिमका अन्दाजी ३७ वर्षीय निरकुमार राईको बुधबार माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो ।

जिल्लाकै रावाबेँसी गाउँपालिका ९ १ कुभिण्डेस्थि रावा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृतक राईले लगाएको करेन्ट आफैँलाई लाग्दा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रवक्ता गोविन्द साहले बताउनुभयो ।

मृतक राईको जिल्ला अस्पताल दिक्तेलमा शव परिक्षणभने भइ सकेको तर रिपोर्ट भने आउन बाँकि रहेको प्रवक्ता साहले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस