• २०८३ जेष्ठ ३१ गते आइतवार

कांग्रेस नेतृत्वमा सरकार बनाउन खोज्नु जनमतको अपमान : लालबाबु पण्डित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन  १३, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद लालबाबु पण्डितले कांग्रेस नेतृत्वमा सरकार बनाउन खोज्नु जनमतको अपमान हुने बताएका छन ।प्रतिनिधिसभा पुनःस्थापनाको घोषणा हुन साथ कांग्रेसका सभापति देउवा निवास पुगेका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाललाई उनले नेकपाभित्र सहमति खोज्नुपर्ने बताएका छन ।

उनले भनेका छन, ‘नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन । बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऊँन जान हुदैन । यो जनमतको अपमान हुने भएकोले कही यस्तो अवस्था नआओस, ‘मेरो यसमा बिरोध रहने छ । नेतृत्वलाई बेलैमा जानकारी गराऊछु ।

Sharing

प्रतिक्रिया दिनुहोस