• २०८३ बैशाख १८ गते शुक्रवार

नेता वामदेव गौतम प्रचण्डसँग सहकार्य गर्न प्रस्ताव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौँ। नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका नेता गौतमले प्रचण्डसँग सहकार्य गर्न प्रस्ताव गरेका छन् ।

उनले सर्वोच्चको आदेशपछि नेकपालाई नयाँ ढंगले अगाडि बढाउन आवश्यक भूमिका निर्वाह गर्न आग्रह गरेको प्रचण्डको सचिवालयले जनाएको छ । उक्त भेटवार्तामा प्रचण्डले गौतमले राखेका प्रस्तावहरू पार्टीका अर्का अध्यक्ष माधव नेपालसँग तथा पार्टीमा छलफल गरेर समस्याको निकास निकालेर अघि बढ्ने बताएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस