• २०८३ असार १३ गते शनिवार

विश्वभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौँ। विश्वमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघेको छ । वर्ल्डओमिटरका अनुसार अहिलेसम्म कोरोनाबाट २५ लाख ८ हजारभन्दा धेरैको मृत्यु भएको छ । विश्वमा ११ करोड ३१ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यसमध्ये आठ करोड ८७ लाखभन्दा धेरै निको भएका छन् ।

कोरोनाका कारण अमेरिका सबैभन्दा धेरै प्रभावित छ । त्यहाँ कोरोनाका कारण सबैभन्दा धेरै पाँच लाख १८ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै, अमेरिकामा दुई करोड ८९ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, भारतमा एक करोड १० लाखभन्दा धेरै सङ्क्रमित हुँदा एक लाख ५६ हजारभन्दा धेरैको ज्यान गएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस