• २०८३ बैशाख १५ गते मङ्गलवार

मकवानपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, मकवानपुर। मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । आज बिहान ना ६ ख ४०४४ नम्बरको ट्रकले ठक्कर दिँदा ना १ ह ३४०८ नम्बरको टेम्पो चालक हेटौंडा- ११ थानाभर्‍याङका  खेमलाल श्रेष्ठको मृत्यु भएको हो ।

चुरेहिलल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस