• २०८३ बैशाख ७ गते सोमवार

टिपरको ठक्करबाट दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १२, महोत्तरी । महोत्तरीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । औरही नगरपालिकाको वडा नम्बर ४ कठुवारमा आज बिहान ना ८ ख ९८० नम्बरको टिपरले ज ६ प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रमोद राम र पछाडि सवार १३ वर्षीय बालक गुड्डु नदाफको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा स्थानीयले टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस