• २०८३ असार ८ गते सोमवार

विश्वले अहिले बालुवाटार खौज्दैन, बालकोटले के भन्यो भनेर सोध्ने गरेको छ : प्रदीप ज्ञवाली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, काठमाडौं । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीति अहिले पनि एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीको वरिपरि घुमिरहेको बताएका छन्। ज्ञवालीले एमाले सत्ता शक्तिमा नभएपनि देश र विदेशले बालुवाटारभन्दा पहिले बालकोटले के भन्छ भनेर कुरेर बसिरहेको बताए।

‘राष्ट्रिय राजनीतिको केन्द्रमा अहिले एमाले र केपी शर्मा ओली छन्,’ बुधबार एमालेको साइबर सर्कल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, देश, विदेशले अहिले बालुवाटार सानेपा, खुमलटार खोज्दैन अहिले बालकोट र थापाथलीले के भन्यो भनेर सोध्ने गरेको छ।’

सम्बोधनका क्रममा ज्ञवालीले विगतमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्ता कब्जाको अभ्यास एमालेले नै असफल पारेको बताए। विस्तृत शान्ति सम्झौतापछि देशमा संविधान निर्माण, द्वन्दकालिन मुद्दाहरुको निरुपण लगायतका कामहरुलाई प्राथमिकता दिनुपर्ने बेला प्रचण्डले सत्ताकब्जाको अभ्यास स्वरुप सेनामाथि जाइलागेको स्मरण गरे।

विगतमा प्रचण्डको सत्ता कब्जाको अभ्यासलाई असफल पारेकै कारण अहिले एमालेविरुद्ध घेराबन्दीको प्रयास भइरहेको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस