• २०८३ जेष्ठ १९ गते मङ्गलवार

एमालेको पार्टी कार्यालय च्यासलमा सर्ने, तुलसीलाल स्मृति प्रतिष्ठानसँग समझदारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ७, काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय ललितपुरस्थित च्यासलमा सर्ने भएको छ। थापाथलीमा रहेको पार्टी कार्यालयको ठाउँ सानो भएकाले च्यासलमा पार्टी कार्यालय सार्न लागेको महासचिव ईश्वर पोखरेलले बताएका छन्।

महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आज महत्वपूर्ण समझदारी। अब केही समय पछिदेखि नेकपा (एमाले)ले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण काम यहीँबाट हुनेछन्।’

पार्टी कार्यालय सानो भएपछि एमालेका सबै बैठकहरू सोही भवनमा हुँदै आएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस